अर्थशास्त्र–१

अर्थशास्त्र–१

Price: RS. ३४३/–

Author: तारा प्रसाद भुसाल डिल्ली राज उपाध्याय खगेन्द्र प्रसाद संग्रौला नरेश बस्नेत वसन्त पराजुली सम्पादक राजेन्द्र प्रसाद सुवेदी

Subject: अर्थशास्त्र

Grade: ११

Published Year: २०७७

ISBN: 978–9937–600–90–3

Version: नेपाली

  • Description
  • Syallabus

प्रस्तुत पुस्तक अर्थशास्त्र – १ माध्यमिक शिक्षा पाठ्यक्रम २०७६ मा आधारित नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरबाट स्वीकृत प्राप्त भएको नयाँ पुस्तक हो । यो पुस्तक खासगरी अर्थशास्त्र विषयलाई ऐच्छिक विषयको रूपमा लिई कक्षा – ११ मा अध्ययन गर्ने विद्यार्थीहरूका लागि तयार गरिएको भए तापनि यसले अर्थशास्त्रका विभिन्न विषयवस्तुहरू खासगरी शुक्ष्म अर्थशास्त्र, नेपालको अर्थशास्त्र एवं अर्थशास्त्रमा प्रयोग हुने गणितीय औजारहरूको बारेमा जानकारी लिने जो कोहीलाई पनि उपयोगी हुने गरी तयार पारिएको छ । यस पुस्तकमा कक्षा ११ को अर्थशास्त्र विषयको नयाँ पाठ्यक्रमले समावेश गरेका सबै एकाइहरूको सविस्तार ब्याख्या गरिएको छ । प्रत्येक एकाइमा त्यससँग सम्बन्धित सवालहरूको ब्याख्या कक्षामा गरिने क्रियाकलापहरूको उदाहरण, विद्यार्थीहरूलाई आवश्यक पर्ने विभिन्न प्रश्नहरूको उत्तरहरू एवं उनीहरूको ज्ञानको परिक्षण तथा अभ्यासको लागि प्रत्येक एकाइको अन्त्यमा विभिन्न स्तरका प्रश्नहरू राखिएको छ । यस पुस्तकले लोकसेवा आयोग, बैंङ्किङ परीक्षा एवं अन्य निजी क्षेत्रका इन्टरप्राइजेजहरूको प्रतिस्पर्धात्मक परीक्षाहरूका लागि पनि उपयोगी हुनेछ ।
यस पुस्तकको लेखनमा सहयोग र सल्लाह दिनुहुने समस्त विद्यार्थी भाइबहिनीहरू, प्राध्यापक मित्रहरू एवं अन्य शुभचिन्तकहरूमा हृदयदेखि नै आभार प्रकट गर्दछौं । हाम्रो शिक्षणप्रतिको लामो अनुभव एवं विद्यार्थीहरूको हाम्रो पुस्तकप्रतिको रूचीका कारण यो पुस्तकलाई उत्कृष्ट बनाउने प्रयत्न गरिएको छ । यसका बावजुत पनि केही त्रुटी तथा कमजोरीहरू भएमा त्यसको जिम्मेवारी लिँदै यहाँहरूको अमूल्य सुझाव र टिप्पणी गरिदिनुभई यस पुस्तकको स्तरीयता वृद्धिमा सहयोग गरिदिनुहुने अपेक्षा राख्दछौं । यस पुस्तकको प्रकाशनको जिम्मा लिने ड्रिमल्याण्ड पब्लिकेशन प्रा.लि.का प्रोपाइटर श्री नरेश विष्ट, पुस्तक वितरकहरू, बजार व्यवस्थापकहरू एवं पुस्तक विक्रीकर्ताहरूमा सदाझैं आभार व्यक्त गर्दछौं । साथै पुस्तकको टङ्कण तथा लेआउट गरिदिनुहुने रोशन दाहाल, बिजय राजथला र आकर्षक आवरण तयार गरिदिनुहुने भाइ सरोज बलामीलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छौं ।

लेखकहरू
आश्विन, २०७६, काठमाडौं