लेखाविधिका सिद्धान्तहरू (कक्षा ११)

लेखाविधिका सिद्धान्तहरू (कक्षा ११)

Author: डा. विनाेद शाह अरूण न्याैपाने इन्द्र कमल दवाडी गुमानसिंह कटुवाल विरेन्द्र अधिकारी

  • Description
  • Syallabus

प्रस्तुत पुस्तक “लेखाविधिका सिद्धान्तहरू—१” प्रमुख रूपमा पाठ्यक्रम विकास केन्द्रद्वारा तयार पारिएको पाठ्यक्रम, २०७६ मा आधारित भएर कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूको चाहनालाई ध्यानमा राखी तयार पारिएको हो । यो पुस्तक प्रकाशनको उद्देश्य विशेषतः माध्यामिक शिक्षा परिषदद्वारा सञ्चालित कक्षा ११ को लेखाशास्त्र विषयमा विद्यार्थीहरूलाई उच्च अङ्क हासिल गर्न सजिलो होस भन्नुको साथै व्यापारिक संस्था तथा नाफारहित संस्थाहरूमा भए गरेका कारोबारहरूको साथै सरकारी कार्यालयहरूमा राखिने लेखाहरू राख्न प्रयोगकर्ताहरूलाई सजिलो होस् भन्नु हो ।
यस पुस्तकको प्रमुख विशेषता भनेको नै विद्यार्थीहरूले बुझ्ने किसिमले सजिलो र सरल शब्दहरूमा ब्याख्या गर्न सहयोग गर्नु हो । यस पुस्तकमा सरल तरिकाबाट उत्तरहरू समावेश गरिएका छन् । पूर्ण रुपले पाठ्यव्रmममा समेटिएका विषय सन्दर्भहरू नछुटाई आवश्यकताअनुरूप नै विषयवस्तु प्रस्तुत गरिनु यस पुस्तकको अर्को विशेषता हो । यसका साथै प्रयोगात्मक प्रश्नहरू एवं त्यसको उत्तरहरूमा विशेष जोड दिइनुलाई समेत यस पुस्तकको विशेषताको रूपमा लिन सकिन्छ ।
अन्त्यमा प्रस्तुत पुस्तकमा भएका त्रुटीहरू औँल्याई हामीलाई उपलब्ध गराई सहयोग गरी दिनु हुन समस्त पाठकवर्गहरूमा हार्दिक अनुरोध गर्दै आगामी संस्करणमा सुधार गर्ने बचन दिन चाहन्छौ ।

— लेखकहरू