बजारशास्त्र

बजारशास्त्र

Price: RS. 238

Author: अरुण न्यौपाने प्रभा सुवेदी अमित घर्ती

Subject: बजारशास्त्र

Grade: 11

Published Year: 2020

ISBN: 978–9937–600–87–3

Version: Nepali

  • Description
  • Syallabus

बजारशास्त्रको परिचय नामक पुस्तक १०+२ को कक्षा ११ को लागि राष्ट्रिय परीक्षा बोडबाट स्वीकृत नयाँ पाठ्यक्रमअनुसार यो पुस्तक तयार पारिएको छ । बजारमा नेपाली भाषामा लेखिएका पाठ्यपुस्तकको बढ्दो माग हुँदाहुँदै पनि नयाँ पाठ्यक्रममा आधारित पुस्तकको अभावलाई यस पुस्तकले धेरै हदसम्म पूर्ति गर्ने आशा लिएका छौँ ।
पुस्तक तयार पार्ने क्रममा विषयवस्तुलाई सरल र व्यावहारिक बनाउने प्रयास गरेका छौँ । यस पुस्तकमा बजारशास्त्रको परिचय, बजारशास्त्रका अवधारणाको विकास, बजाशास्त्र सम्मिश्रण र यसका तत्वहरु, बजारशास्त्रका तत्वहरु, बजारशास्त्रका कार्यहरु, बजारशास्त्र वातावरण, क्रेता व्यवहार र क्रय निर्णय र बजारशास्त्र सूचना प्रणाली गरी जम्मा आठ अध्यायहरू छन् । प्रत्येक अध्यायमा चित्र, रेखाचित्र, तालिका र उदाहरणहरूले प्रस्तुतीकरणलाई अझ सरल र प्रभावकारी बनाउने प्रयास गरेका छौँ । प्रत्येक अध्यायको अन्तमा समग्र अध्यायको बुँदागत रूपमा सारांश (Summary) पनि राखेका छौँ, जसले गर्दा पाठकवर्गलाई अध्यायको सम्पूर्ण विषयवस्तुबारे संक्षिप्त जानकारी प्राप्त गर्न सहयोगी हुनेछ भन्ने आशा राखेका छौँ । त्यसैगरी प्रत्येक अध्यायमा अभ्यास (Exercise) र Case study/case exercise राखेका छौँ ।
यो पुस्तक बजारशास्त्रका विद्यार्थीहरूका अतिरिक्त बजारशास्त्रका प्राध्यापकहरू र बजार व्यवस्थापकहरूलाई समेत उत्तिकै उपयोगी हुने विश्वास लिएका छौँ ।
पुस्तक तयार पार्दा प्रयोग गरिएका सबै पुस्तकका लेखकहरूप्रति हामी सधैँ ऋणी रहने छौँ । पुस्तक लेखनको क्रममा विशेष सहयोग गर्नुहुने श्री गणेश कुमार कार्की र प्रत्यक्ष–अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पूर्ण प्राध्यापक मित्रहरूप्रति हामी आभार प्रकट गर्दछौँ । त्यसैगरी पुस्तक लेखनको क्रममा सहयोग गर्ने हाम्रा परिवारजनका सदस्यहरूप्रति पनि हामी कृतज्ञता ज्ञापन गर्न चाहन्छौँ ।
अन्तमा, पुस्तक प्रकाशनको जिम्मा लिई समयमै पुस्तक प्रकाशन गरी सहयोग पु¥याउनु हुने ड्रिमल्याण्ड पब्लिकेशनका प्रा.लि. प्रबन्ध निर्देशक श्री नरेश बहादुर विष्टप्रति हार्र्दिक धन्यवाद प्रकट गर्दछौँ । साथै पुस्तक तयार पार्ने क्रममा कम्प्युटरसम्बन्धी सम्पूर्ण कार्य जिम्मा लिई सहयोग गर्नुहुने श्री सरोज बलामी श्री रोशन दाहाललाई पनि धन्यवाद ज्ञापन गर्दछौँ ।
यस पुस्तकलाई शुद्ध र त्रुटिरहित बनाउन खोजेका छौँ । तर कुनै अशुद्धि तथा त्रुटि देखिएमा आगामी संस्करणमा परिमार्जन गर्दै जानेछौँ ।

लेखकहरु
२०७७