मेल मिलाप

विवाद समाधानकाे सर्वाेश्रेष्ठ उपाय

मेल मिलाप

– वसन्त आचार्य

मानिस विनाको समाज, समाज बाहिर विवाद र कानुन विनाको विवाद निरुपण प्रणाली प्रायशः असम्भव हुन्छ । हरेक जीवन्त समाजमा विवाद उत्पन्न हुन्छ नै । विवाद विनाको समाजको कल्पनासम्म पनि गर्न सकिँदैन । त्यसैले हरेक राज्यमा विवाद निरुपण गर्ने औपचारिक तथा अनौपचारिक प्रणालीको व्यवस्था गरिएको हुन्छ । विवाद निरुपण छिटो, छरितो र कम खर्चमा गर्न अनौपचारिक उपायहरुको खोजी भएको हो । मेलमिलाप त्यस्तै उपाय मध्येको सर्वश्रेष्ठ मानिन्छ । नेपालको हाल संरचित ७५३ स्थानीय तह मध्ये ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका समेतमा गरी ६७४३ वडा कार्यालयहरु रहेका छन् । यी प्रत्येक वडामा कम्तीमा १ वटा मेलमिलाप केन्द्र हुनुपर्ने कानुनी व्यवस्था छ । कतिपय वडामा त एकभन्दा बढि पनि केन्द्रहरु हुन सक्दछन् । प्रत्येक स्थानीय तहमा न्यायिक समितिको कार्यकक्षसँगै मेलमिलाप केन्द्र हुन पनि आवश्यक देखिन्छ । यसरी हेर्दा देशभरका स्थानीय तहहरुमा कम्तीमा ७४९६ मेलमिलाप केन्द्रहरु स्थापना भई सक्रिय हुनुपर्ने देखिन्छ । यी केन्द्रहरु सक्रिय भई प्रभावकारी रुपमा कार्य सम्पादन गर्दा अधिकांश विवादहरु स्थानीय तहमै समाधान हुने अपेक्षा गर्न सकिन्छ । यिनै सन्दर्भहरुबाट यो पुस्तक प्रकाशित हुन आवश्यक महसुस गरिएको हो । सहलेखकका रुपमा सक्रिय भई पाँचवटा पुस्तकहरु प्रकाशन गरिएकोे, केही संस्थाका कार्यविधि, पुस्तिका तथा दिग्दर्शनहरुको लेखन कार्यमा सहभागी भएको, काठमाडौं महानगरपालिका, अन्य निकाय, संघ–संस्था र मन्त्रालयस्तरबाट मस्यौदा हुने ऐन, नियम, विनियम, निर्देशिका, कार्यविधि, मापदण्ड तथा दिग्दर्शनहरुमा समेत भूमिका निर्वाह गर्ने अवसर मिलेको, आप्mनो पढाई र भोगाईसँग सम्बन्धित कयन् लेखरचनाहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित भएको, करिब २० वर्षको पछिल्लो समयले थुप्रै स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सभा, गोष्ठी , सम्मेलन, तालिम, अन्तरक्रिया कार्यक्रमहरुमा सहभागी हुने मौका पाएको, पश्चिम कन्चनपुरदेखि पुर्व धरान, धनकुटा र तराईका विभिन्न जिल्ला हुँदै सोलुखुम्बुको हिमाली क्षेत्रसम्मका जनप्रतिनिधि तथा सम्बद्ध कर्मचारीहरुसँग स्थानीय कानुन तर्जुमा विधि तथा प्रक्रिया, स्थानीय सरकार तथा शासन–प्रशासन, मेलमिलाप र न्यायिक समितिका अवयवहरुमा चर्चा गर्ने अवसर मिल्यो । यसैक्रममा धेरै विद्वत् व्यक्तिहरुसँग संगत भयो । प्रकाशित भएका स्वदेशी तथा विदेशी पुस्तक, जर्नल तथा कृतिहरुको अध्ययन, अवलोकन गरेपश्चात यो पुस्तक लेख्ने निष्कर्षमा पुगें । पुस्तक प्रकाशन गर्ने उत्कट इच्छा प्रकट भयो तर कहाँबाट सुरु गर्ने ? कसरी गर्ने ? कहिले गर्ने ? किन गर्ने ? गरे के हुन्छ ? नगरे के हुन्छ ? थुप्रै पुस्तकहरुको माझमा यो पुस्तक कसरी फरक स्वाद र पठनीय, ग्रहणीय, सग्रहणीय बन्न सक्छ ? कुन कुन सामग्री आवश्यक ठानिएको छ र कस–कसलाई यसले मद्दत गर्न सक्दछ ? आदि कुराले निकै समय चिन्तन मनन् गर्न बाध्य बनायो । पुस्तक लेख्नु कठिन कार्य हो भन्ने कुरा यस पुस्तकका लागि लागेको समय र मेरा प्रयत्नहरुले पुनः महसुस गरायो । एक्लो प्रयास त व्यस्त दीनचर्यामा सम्भव नै नहुने रहेछ । धेरै जनाको धेरै प्रकारको सहयोग, समन्वय र सहजीकरणबाट मात्र यो सम्भव भएको छ । सन्दर्भ सामग्री संग्रह गर्नु, अध्ययन गर्नु, सन्दर्भ बुझ्नु, विश्लेषण गर्नु तथा निष्कर्ष निकाल्नु र सामयीक रुपमा विषयवस्तुलाई भाका मिलाएर लेख्नु जस्ता क्रियाकलापबाट मात्र यो पुस्तकले आप्mनो आकार ग्रहण गरेको तथ्य आदरणीय पाठक वर्गमा व्यक्त गर्न पाउँदा गर्वको अनुभूति भएको छ । पुस्तकको विषयवस्तुलाई सारमा खिच्ने हो भने यस पुस्तकमा मूलतः पाँचवटा आयाम रहेको छ । पहिलो आयाम समाज हो । दोस्रो आयाममा हरेक जीवन्त समाजमा विवाद अवश्य उत्पन्न हुनु हो । तेस्रो आयाममा विवाद समाधान गर्ने विभिन्न विकल्पहरु छन् ती सबैमध्ये मेलमिलाप सर्वश्रेष्ठ उपाय हो भन्ने रहेको छ । चौथो आयाममा मेलमिलापको अर्थदेखि चरणसम्म र वैधानिकताको पूर्वसर्त हुँदै यसको उपादेयता÷ प्रभावकारितासम्मको सांगोपांगो चित्रण गरिएको छ । पाँचौ आयामको रुपमा विवादको स्थानीय तहमा समाधान हुनुको दार्शनिक पक्ष, न्यायको उभोक्तालाई पुग्ने फाइदा, नेपालको सन्दर्भमा स्थानीय तहमा गठित न्यायिक समिति, विवाद निरुपणमा समितिको भूमिका, समितिको सबल पक्षको समीक्षा, समितिले गर्नुपर्ने र गर्नै नहुने कुरा आदि पक्षहरुको बृहत्तर विश्लेषण गरिएको छ । रैथाने मेलमिलाप प्रणाली, मेलमिलापमा विदेशी अभ्यास र यससम्बन्धी आधारभूत ज्ञान, सीप, कला र औजारको गहनतापूर्वक गरिएको चर्चा समेत यस पुस्तकको सौन्दर्य पक्ष हो भन्ने म ठान्दछु । देशको संघीय राजधानी सहरसमेत रहेको जेठो अनुभवी महानगरपालिका काठमाडौंमा करिब २ दशक लामो मेरो कार्यानुभवबाट सिकाई बनेका सन्दर्भले पुस्तकलाई थप व्यवहारिक पनि बनाएको छ । जनप्रशासन विधामा एम.पी.ए. र एम.फिल. अध्ययन गर्दा मेलमिलाप पद्धतिमा शोधकार्य गरेको हुँदा मेलमिलापको सिद्धान्त बुझ्न अझ सहज भएको हो । विश्वव्यापी रुपमा मेलमिलापले आप्mनो क्षेत्र व्यापक रुपमा विस्तार गर्दै लगेको छ भने स्थानीय तहमा वडा–वडामा समेत मेलमिलाप केन्द्र गठन गरी विवादलाई मेलमिलापबाटै समाधान गर्ने गरिएका व्यवहारिक प्रयत्नहरुबाट मेलमिलापको उपादेयता अत्याधिक रहेको पुष्टि हुन्छ । मेरो डेढ दशकदेखिको मेलमिलापमा प्राप्त तालिम र मेलमिलापकर्ताको भूमिकाबाट प्राप्त ज्ञान, सीप र कलाले पनि पुस्तकलाई थप न्याय दिएको अनुभव गरेको छु । पुस्तक स्थानीय तह (७५३) का सबै वडा तह समेतका जनप्रतिनिधिहरु, कर्मचारी, मेलमिलापकर्ता, विवादका पक्ष, न्यायिक समितिका पदाधिकारी, न्यायिक तथा अर्धन्यायिक निकाय आवद्ध न्यायमूर्ति, कर्मचारी, कानुन व्यवसायी, अध्येता, कानुनका विद्यार्थी, प्राध्यापक, समाजसेवी, समाजशास्त्री, राजनेता, समाज तथा मानवीय व्यवहार व्यवस्थापनको तमाम क्षेत्रका जागरुक व्यक्तिका लागि उपयोगी हुनेछ भन्ने मैले ठानेको छु । पुस्तक सिद्धान्त र व्यवहारको संयोजन बनेको छ । यसले गर्दा सर्वसाधारण जो कोहीका लागि समेत पुस्तकका विषयवस्तु पठनीय छन् भन्ने अपेक्षा गरिएको छ । विषयवस्तुलाई सकेसम्म सरल भाषामा प्रस्तुत गर्ने जमर्को भएको छ । पाठक वर्गमा पुस्तकले सन्तुष्टि दिन सकोस् र केही थप लाभ मिलेको अनुभूत होस् भन्ने लेखकीय अभीष्ट छ । पुस्तकले यो आकार प्राप्त गर्न धेरै जनाको प्रत्यक्ष÷ अप्रत्यक्ष सहयोग पाएको छ । तालिम, गोष्ठी, प्रशिक्षण कार्यक्रमहरुका आयोजक, सहभागी जनप्रतिनिधि तथा कर्मचारीहरुबाट प्राप्त राय, सुझाव र प्रेरणाले अर्थपूर्ण भूमिका खेलेको छ । मेलमिलाप परिषद्का अध्यक्ष, सर्वोच्च अदालतका माननीय न्यायाधीश ईश्वरप्रसाद खतिवडाज्यूबाट प्राप्त भएको शुभकामनाले यस पुस्तकको उचाइमा श्रीवृद्धि भएको छ । उक्त शुभकामना मन्तव्यले म निकै हौसिएको छु । काठमाडौं महानगरपालिकाका प्रमुख श्री विद्यासुन्दर शाक्यको धारणा पुस्तकका लागि ऊर्जाको स्रोत बनेको छ । नेपाल नगरपालिका संघका अध्यक्ष अशोक कुमार व्याञ्जु श्रेष्ठको शुभकामना मन्तव्यले पुस्तकको महिमा र उपादेयतालाई थप प्रष्ट्याएको महशुस गरिएको छ । उहाँहरूको शुभावनाले यस पुस्तकलाई राज्य संयन्त्रको केन्द्रीय तहदेखि गाउँपालिकाको वडा तहहुँदै हरेक नागरिकको घर घरमा यो पुस्तक उपयोगी हुने अपेक्षा गरेको छु । काठमाडौं महानगरपालिकामा आबद्ध सबै कानुनी सल्लाहकारज्यूहरूको मार्गदर्शनले सँधै झैं यस कार्यमा समेत उल्लेखनीय योगदान पु¥याएको छ । काठमाडौं महानगरपालिकाको न्यायिक समितिका संयोजक तथा उप–प्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, सदस्यहरू सरोज ढकाल र ववी परियारसँगको सामिप्यमा रही विवाद निरुपण कार्यमा सहयोग गर्न पाएको अवसरबाट सिकेका व्यावहारिक ज्ञानहरूले समेत यस पुस्तकलाई अर्थपूर्ण योगदान पुगेको छ । गजुरी गाउँपालिकाका उपाध्यक्ष सीता ढुङ्गानाको सुझावले पुस्तकलाई सार्थक योगदान पुगेको छ । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधिहरू, विभागीय प्रमुखहरू र अन्य हितैषी मित्रहरूको सदिच्छा र सहयोगलाई म भुल्न सक्दिन । पुस्तक तयारीको क्रममा महङ्खवपूर्ण सहयोग, सल्लाह र सुझाव दिनुहुने कार्यस्थलका अग्रज, समकक्षी र सरोकारवालाको हौसला उत्प्रेरणाको अर्को स्रोत हो । घर परिवारका सदस्य, साथीभाइ र विवाद निरुपणका क्षेत्रमा लाग्नु भएका अग्रज व्यत्तित्वहरु सतिशकृष्ण खरेल, महेन्द्र प्रसाईं, मातृका निरौला, डा. कुमार आचार्य, डा. मुक्ति रिजाल, प्रकाशमणि शर्मा, रामकृष्ण काफ्ले, रामप्रसाद भट्टराई, शंकर सुवेदी, डा. डि.एन. पराजुली समेतको मार्गदर्शनलाई आत्मसात गरेको छु । नेपाल मेलमिलापकर्ता समाजमा आबद्ध भएर प्राप्त गरेको मेलमिलाप संस्कारले थप उत्प्रेरणा जगाएको महशुस गरेको छु । अवधारणालाई अक्षरको रुपमा परिवर्तन गर्न मुख्य भूमिका निर्वाह गर्ने गणेश बराल, धर्मप्रसाद खनाल, जमुना अर्याल, निर्जला खनाल, सरोज बलामी धन्यवादका मुख्य पात्रहरु हुन् । लेख्न उपयुक्त वातावरण बनाउन सहयोग गर्ने सम्झना, सविता, सौरव, सौगात र सौम्यलाई धन्यवाद नदिरहन सक्दिन । कनकमणि दिक्षित, राजेन्द्र स्थापित, नारायणराज गौतम, कलानिधि देवकोटा, भुषण तुलाधर, श्रीकृष्ण आचार्य, निर्मल उप्रेती, एस.आर. काप्mले, सुशील सुवेदी, अपूर्व खतिवडा, खगेन्द्र वस्ती, देवीकुमार तिमिल्सिना, हरिमाया घिमिरे, हरि वाग्ले, सरिता सापकोटा, किशोर आचार्य, नारायण पन्त, रोशन दाहाल र सन्तु श्रेष्ठ समेतको सहयोग पनि विभिन्न कोणबाट अविस्मरणीय छ । पुस्तक लेखनका क्रममा सयौं लेखकहरूको पुस्तक, पत्रिका, लेखरचनाको अध्ययन विश्लेषण गरियो । ती सबै लेखकहरूप्रति म नतमस्तक छु । मिहिनेतपूर्वक पुस्तकको सार र भावलाई खिचेर आवरण पृष्ठ डिजाइन गर्नुहुने अनुप ज्योति चित्रकार र तेज महर्जनप्रति आभारी छु । प्रकाशन तथा वितरणको महङ्खवपूर्ण जिम्मेवारी लिएकोमा ड्रिमल्याण्ड पब्लिकेसन प्रा. लि. प्रति आभार प्रकट गर्दछु । यो पुस्तक मेरो ज्ञान, सीप र अनुभवको समिश्रणसमेतबाट तयार भएको हो । पुस्तकमा थुप्रै कुराहरू समेटिनुपर्नेमा नसमेटिएको पनि हुन सक्दछन् । यस संस्करणमा रहेका कमीकमजोरीहरूलाई अर्को संस्करणमा सच्याउन प्रतिबद्ध छु । त्यसैले यहाँहरुको सुझाव प्रतिक्रियालाई आत्मैदेखि स्वीकार गर्न उत्साहित छु । सुझाव प्रतिक्रियाको लागि basantakmc@gmail.com मा प्रेषित गरी दिनुहुन पनि सविनय अनुरोध गर्दछु ।